एमाले-माओवादी एकता प्रक्रियाः यसरी खोजिँदै छ सहमति

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०७ : ५१
एमाले-माओवादी एकता प्रक्रियाः यसरी खोजिँदै छ सहमति

काठमाडौं । पार्टी एकताको अन्तिम कसरतमा रहेका एमाले र माओवादीले अन्योल चिर्ने उद्देश्यसहित कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज संयुक्त कार्यक्रम गर्दै छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

यसरी खोजिँदै छ सहमति
केन्द्रीय कमिटी संख्या बढाउने कसरत

माओवादीका धेरै नेता स्थायी समिति र पोलिटब्युरोमै नपर्ने देखिएपछि विधानमा प्रस्तावित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बढाएर ३ सय ५० जनासम्मको बनाउने प्रयास भइरहेको छ ।

क्षेत्राधिकार र प्रधानमन्त्रीमा थप छलफल
दुवै अध्यक्षमा कार्यकारी अधिकार हुनुपर्ने प्रचण्डको प्रस्तावमा थप छलफल गर्दै आलोपालोको सहमतिअनुसार ३ वर्षपछि पार्टी र सरकारको नेतृत्व हस्तान्तरणका विषयमा भद्र सहमति हुने गरी छलफल भइरहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस