मन्त्री निवास बन्यो होटल

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०७ : ४३
मन्त्री निवास बन्यो होटल

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् ।

प्रदेश सरकारीका एक जना मन्त्री भने अहिले पनि होटेलमा बस्दै आएका छन् । सुविधायुक्त सरकारी निवास मन्त्री खड्क खत्री वीरेन्द्रनगरको राप्ती होटल एन्ड लजमा बस्दै आएका छन् ।
खत्री प्रदेश सासंसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई वटा कोठा भाडामा लिएर बस्दै आएका थिए । मन्त्री भएपछि पनि उनले त्यसैलाई निरन्तरता दिईरहेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस