चार वर्षकी सौतेनी बहिनी बलात्कारको आरोपमा बझाङका युवकलाई भारतमा मृत्युदण्ड

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, ०८ : ४१
चार वर्षकी सौतेनी बहिनी बलात्कारको आरोपमा बझाङका युवकलाई भारतमा मृत्युदण्ड

काठमाडौँ । चार वर्षकी सौतेनी बहिनी बलात्कारको आरोपमा बझाङका युवकलाई भारतमा मृत्युदण्डको फैसला सुनाइएको छ । 

३१ वर्षीय युवकलाई आफ्नी चार वर्षीया सौतेनी बहिनी बलात्कार गरेको आरोपमा भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। नेपाली नागरिकलाई भारतमा फाँसीको सजाय सुनाइएको संभवतः यो पहिलो घटना हो। 

बझाङका ती युवक भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्ला जाजरदेवलमा बस्दै आएका थिए। भारतीय सञ्चारमाध्यममा आएको खबरअनुसार आफैँ अभिभावक बनेर ती युवकले सौतेनी बहिनी पाल्दै आएका थिए ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती युवक ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनीलाई अभिभावक बनेर आफैँले ल्याएर पालेका थिए । पिथौरागढका न्यायधीश डा ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको हो। 

प्रतिक्रिया दिनुहोस