३० लाख सवारीसाधनमा २४ लाख मोटरसाइकल

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०७ : ३८
३० लाख सवारीसाधनमा २४ लाख मोटरसाइकल


काठमाडौँ । २८ वर्षअघि आर्थिक वर्ष ०४६/४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्षअघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।

देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८% हो । त्योभन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकलमध्ये ३७% बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन्, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस