निष्क्रिय हुँदै तीन अध्ययादेश

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०७ : २४
निष्क्रिय हुँदै तीन अध्ययादेश

सरकारी ढिलासुस्ती र बेवास्ताले अघिल्लो सरकारद्धारा जारी बहुचर्चित तीन अध्यादेश निष्क्रिय हुँदै छन् । सदन शुरु भएको ६० दिनभित्र अध्यादेश स्वीकृत गरी प्रतिस्थापना विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्नेमा संसद्मा लैजाने प्रक्रियासमेत सुरु भएको छैन ।

अघिल्लो सरकारले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो शंसोधन अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो ।

संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपतिद्धारा जारी अध्यादेश संघीइ संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बसेको ६० दिनभित्र स्वीकृत गरी त्यसलाई प्रतिस्थापन गर्ने विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।,आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस