मेलम्चीको काम फेरि रोकियो

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०७ : १३
मेलम्चीको काम फेरि रोकियो


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ । ठेक्का लिएको इटालियन कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार, निर्माण सामाग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ । मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिनदेखि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

२६ किमि सुरुङमध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । १८ महिनाअघि ब्रेक थ्रु भएको सुन्दरी जल-सिन्धु खण्डमा २ किलो मिटरबाहेक फिनिसिङको काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस