अधिवेशनमा देखिएको उत्साहले पार्टीलाई अझ बलियो बनाउने छ : सभापति देउवा

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १२ : २०
अधिवेशनमा देखिएको उत्साहले पार्टीलाई अझ बलियो बनाउने छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गाउँ र नगर अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री एवं सभापति देउवाले पालिका अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरुमा आग्रह समेत गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत देउवाले कांग्रेस कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु’, देउवाले भनेका छन् ।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस