विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

पत्रपत्रिकाबाट

आइतबार, ०९ बैशाख २०७५, ०६ : ५७
विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।

विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् ।, आजको कान्तिपुरमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस