नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १८ : २९
नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात

काठमाडौँ । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो।  उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

मुटुमा समस्या देखिएपछि उहाँलाई थप जाँचका लागि तीन दिनअघि दुबई लगिएको हो। चौधरीले गत साता नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा थोरै समस्या देखिएपछि परिवारका सदस्यको आग्रहमा उनी थप जाँचका लागि दुबई पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस