काठमाडौँ । मकवानपुरबाट आज प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ को प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ना ३ ख ५९५० नम्बरको ट्रक जाँच गर्दा १७५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०७ असोज २०७८, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय नम्बर प्लेटको ट्रकबाट २१९ केजी गाँजा बरामद
सिरहाबाट दुई क्विन्टल गाँजा बरामद
रौतहटमा ३३४ किलो गाँजा बरामद
सुनसरीबाट ५ हजार केजी गाँजा बरामद
दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ
सुनसरीमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा