षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

रासस

विहीबार, ०७ असोज २०७८, १८ : १२
षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे । उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राखे । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने। 

उपसभापति गच्छदारले  न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे ।उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भने। जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भने । 
 

प्रतिक्रिया दिनुहोस