काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूमाथि आक्रोश पोखेका छन् ।
वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'मैले जसलाई धेरै मन्त्री बनाएँ, त्यही धेरै भगौडा भएर निस्क्यो । त्यो टोपबहादुरलाई मैले बनाएँ । त्यो भाग्यो । बादललाई बनाएँ । सरकारको नेतृत्व तपाई गर्नुस् भनेर बनाएको त हामीले हो नि । अहिले हेर्नुस् त भगौडा बनेर गयो ।'
प्रचण्डले यसमा आफ्नो पनि केही कमजोरी रहेको भन्दै अरूलाई दोष नदिने पनि उल्लेख गरे । 'अब अरूलाई केही भन्दिनँ । बिग्रेको मै हो । म अब सच्चिन्छु । अब तपाई के गर्नुहुन्छ गर्नुस् । म अरूलाई भन्दा आफैलाई करेक्सन गर्नुपर्छ,' उनले भने, 'अब कति बाँचिन्छ बाँचिन्छ । म ज्यान फालेर लाग्छु । समाजवादी क्रान्ति ल्याउन । बुढेसकालमा माओले जस्तै म पनि क्रान्ति गर्छु । तपाईहरू साथ दिनुस् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउनु पर्छ : माधव सापकोटा
माओवादी केन्द्रका नेताहरूको जिम्मेवारी हेरफेर
उपाध्यक्ष महरा पक्राउबारे माओवादी बैठकमा छलफल
परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलि टुंगो लगाउने
माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, कुन प्रदेशमा को ?