‘जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिइने’

रासस

बुधबार, ०६ असोज २०७८, २१ : ४३
‘जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिइने’

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

“बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भयो ।”

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस