अमेरिका भ्रमणमा एमसिसीलाई प्राथमिकतामा राखेको छैन : परराष्ट्रमन्त्री डा नारायण खड्का

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १६ : ००
अमेरिका भ्रमणमा एमसिसीलाई प्राथमिकतामा राखेको छैन : परराष्ट्रमन्त्री डा नारायण खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिले हुने अमेरिका भ्रमणमा तत्काल एमसिसीलाई प्राथमिकतामा नराखेको बताएका छन् । 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् । बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन् ।

उनले परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने बताए । ५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र विपक्षमा बसह भइरहेको छ । नेपालमा यो विषयमा बहस भइरँदा अघिल्लो हप्तामात्र एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन् ।

परराष्ट्रमन्त्री खड्का  बुधबारै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । महासभाका क्रमममा साइडलाइन वार्ताका लागि मन्त्री आवश्यक रहेपछि प्रधानमन्त्री देउवाले उनलाई बुधबारमात्र मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । बुधबारै शपथ ग्रहणपछि डा खड्काले कार्यभार सम्हाले । उनले न्यूयोर्कमा रहँदा नेपालको कूटनीति विषय उठाउने बताए ।
 

प्रतिक्रिया दिनुहोस