काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो ।
पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो ।
सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ