चितवनमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सरप्राइज चेकिङ अभियान सुरु

ट्राफिक प्रमुख थापाले बनाए दुर्घटना न्युनिकरण योजना

प्रकाश सिग्देल

मंगलबार, ०५ असोज २०७८, १५ : ४३
चितवनमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सरप्राइज चेकिङ अभियान सुरु

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्युनिकरणका लागि सरप्राईज चेकिङ अभियान सुरु गरेको छ ।

यातायात सेवा कार्यालय भरतपुरसंग सहकार्य गरी असोज महिनाभरी जिल्लामा हरेक दिन जसो ठाँउ फेरी सरपराईज चेकिङ सुरु गरिएको जिल्ला टफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताए ।

बढ्दो सवारी दुर्घटना न्युनिकरण गरी ज्युज्यानको क्षती हुन नदिन व्यापक रुपमा ट्राफिक प्रहरी कार्ययोजना सहित अगाडि बढेको उनको भनाई छ ।

क्षमता भन्दा धेरै सवारी साधन सञ्चालन भएको, सडकको अवस्था बिग्रिएको र अनुमति पत्र बिना नै सवारी चलाउनुका साथै मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको कारणले बढि दुर्घटना बढेको पाईएकाले त्यसलाई रोक्नका लागि संयुक्त चेकिङं अभियान थालनी गरिएको थापाले बताए ।

चितवनमा आर्थिक वर्ष २०७४/७५मा सवारी दुर्घटनामा परि १३२ जनाको मृत्यु भएको छ । त्यस्तै ७५/७६ मा १४६ जनाको मृत्यु भएको भने ७६/७७ मा १०७ जनाको मृत्यु भएको छ । त्यस्तै ७७/७८ मा १२८ जनाको मृत्यु भएको छ भने चालु आर्थीक वर्षको भाद्र मसान्त सम्म १८ जनाको मृत्यु भएको रेकर्ड टाफिक प्रहरी कार्यालय संग रहेको छ । चालु आर्थिक वर्षको २ महिनामा मात्रै साना ठुला गरी १४१ वटा दुर्घटना भएको छ ।

चितवनमा लामो रार्जमार्ग, थोरै जनशंक्ति बढि जनघनत्व र बढि सवारी साधन भएकाले पनि दुर्घटनाको दर बढेको ट्राफिक प्रमुख थापा बताउछन् ।  यसलाई घटाउदै ज्यु ज्यानको क्षती हुन नदिन आफुहरु निरन्तर लागिरहेको थापाको भनाई छ ।

चितवनमा चोरीका १५० सिसि माथिका मोटरसाईकलहरु समेत  गुड्न थालेपछि आफुहरुले ट्राफिक संग मिलेर संयुक्त चेकिङ अभियान थालनी गरेकोे यातायात सेवा कार्यालय भरतपुरका सुचना अधिकारी गोविन्द पौडेलले बताए । अहिले हरेक दिन चितवनका विभिन्न ठाउँमा यातायात कार्यालय र ट्राफिक कार्यालयको जनशंक्तिले संयुक्त चेकिङ गर्ने गरेको उनी बताउछन् । यसो गर्दा चोरीका सवारी पहिचान गर्न सहज हुने उनले दाबी गरे ।

कति उठायो राजस्व

कार्यालयले आर्थिक वर्ष ७५/७६ मा ४० हजार २९ सवारी कारबाही गरी ३ करोड ७ लाख ६६ हजार ५ सय २०७६/७७ मा  ३० हजार ८ सय ५९ सवारी कारबाही गरी २ करोड ३१ लाख ४ हजार र  ७७/७८ मा ३८ हजार ६ सय २२ सवारी लाई कारबाही गरी ३ करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको २ महिनामा ५ हजार ४ सय ४४ सवारी कारबाही गरी ४९ लाख ५१ हजार ५०० रुपैया राजस्व संकलन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस