काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जसले जतिसुकै प्रयास गरे पनि पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् ।
शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसीका कारणले पाँच दलीय गठबन्धन नफुट्ने बताए ।
प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन्। ‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो’ उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन।’ दाहालले आफूहरु एमसीसीविरुद्ध नरहेको बताउँदै तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले असोज ४ र ५ गतेभित्र सरकारले पूर्णता पाउने पनि दावी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’