काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जसले जतिसुकै प्रयास गरे पनि पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् ।
शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रम समापनपछि पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसीका कारणले पाँच दलीय गठबन्धन नफुट्ने बताए ।
प्रचण्डले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताएका हुन्। ‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो’ उनले भने, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन।’ दाहालले आफूहरु एमसीसीविरुद्ध नरहेको बताउँदै तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट पास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले असोज ४ र ५ गतेभित्र सरकारले पूर्णता पाउने पनि दावी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असोज २०७८, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा
रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
‘उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ’ : ‘प्रचण्ड’
प्रचण्ड उम्मेदवारी दर्ताका लागि आजै रुकुमपूर्व जाँदै
‘ढुक्क हुनुस् काँग्रेस फुटेर चुनाव रोकिँदैन': प्रचण्ड