टोकियो । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ असोज २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको मानवरहित चन्द्रमा ल्यान्डरः बिउँझियो तेस्रो पटक
जापानमा शक्तिशाली भूकम्प
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानले १७ वर्षमा पहिलो पटक बढायो ब्याजदर
नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत डा सुवेदी
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा