अफगानिस्तान । पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन् । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यो टिप्पणी गरेको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जनाएको छ ।
सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहाएका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ । तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो । यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको बिरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए ।
अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामाबादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाई रहेको बताइन्छ । यद्यपि अन्तर्राष्ट्रिय समूदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन । तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन् ।
ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरु कोलागि ‘तत्काल र निरन्तर’ समर्थन को लागी यस हप्ताको सुरुमा अपिल गरेका छन् । ‘अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधवार भनेका छन् ।
विश्वव्यापी रुपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानसंग संलग्न हुनुपर्ने ग्रान्डीले बताए ।(एएनआइ)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली