४४ लाख भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, १० : ३१
४४ लाख भेरोसेल खोप लिन निगमको जहाज चीन जाँदै

काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप भोलि शुक्रबार नेपाल आइपुग्ने भएको छ। सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप यसअघि नै आइसकेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जाने भएको छ। निगमका अनुसार आज साँझ ५ः४५ बजे निगमको वाइडवडी ३३० बेइजिङतर्फ जानेछ।

विमान शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्नेछ। यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर, पछि तालिका संशेधन गर्दै एक दिन पछाडि सारिएको हो।

प्रतिक्रिया दिनुहोस