काठमाडौं । अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् ।
महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् ।
कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका आएका पेशल आचार्यले २ महिनादेखि आफ्नो फाइल मन्त्रालयमा अड्किएको बताए ।
उनले भने– ‘सचिवज्यूले मन्त्री नआई फाइल सदर हुँदैन भन्नुहुन्छ, अझै मन्त्री कहिले आउने हो थाहा छैन, मन्त्री नहुँदा हामीजस्ता सेवाग्राहीले सास्ती झेल्दै छौं ।’
धेरैवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको नीतिगत फाइल सदर गर्नमै अहिले बढी समय लाग्ने गरेको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ भदौ २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी