बेइजिङ । चीनमा देशको एकजना प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोताविरुद्ध एक महिलाले दायर गरेको यौन दुर्व्यवहार मुद्दालाई अदालतले खारेज गरिदिएको छ । कार्यक्रम प्रस्तोता झु जुनबिरुद्ध एक युवतीले सात वर्षअघि दायर गरेको मुद्दालाई अदालतले खारेज गरेको हो ।
युवतीले लगाएको आरोप समर्थन गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै अदालतले सो मुद्दा खारेज गरेको हो ।
सन् २०१४ मा झुले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै सियान्जी नाम गरेकी युवतीले अदालतमा मुद्दा हालेकी थिइन् । त्यतिबेला उनी झुकी इन्टर्न भएर काम गरेकी थिइन् । झुले आफूलाई संवेदनशील अंगमा हात लगेको र चुम्बन गरेको युवतीले आरोप लगाएकी थिइन् ।
सियान्जीले झुविरुद्ध मुद्दा दायर गरेपछि चीनमा ‘मी टु मुभमेन्ट’ चर्किएको थियो । मुद्दा दायरसँगै देशभर महिला अधिकारबारे थप बहस बढेको थियो । सो मुद्दापछि अन्य महिलाले पनि आफूहरूविरुद्ध विभिन्न प्रकृतिका यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेका थिए ।
यौन दुर्व्यवहारविरुद्ध महिलाले दायर गरेका घटना चीनमा विरलै सुनुवाइ हुन्छ । हालै संसदले यौन दुर्व्यवहारसम्बन्धी एउटा कानुन पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० भदौ २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण