बेइजिङ । चीनमा देशको एकजना प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोताविरुद्ध एक महिलाले दायर गरेको यौन दुर्व्यवहार मुद्दालाई अदालतले खारेज गरिदिएको छ । कार्यक्रम प्रस्तोता झु जुनबिरुद्ध एक युवतीले सात वर्षअघि दायर गरेको मुद्दालाई अदालतले खारेज गरेको हो ।
युवतीले लगाएको आरोप समर्थन गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै अदालतले सो मुद्दा खारेज गरेको हो ।
सन् २०१४ मा झुले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै सियान्जी नाम गरेकी युवतीले अदालतमा मुद्दा हालेकी थिइन् । त्यतिबेला उनी झुकी इन्टर्न भएर काम गरेकी थिइन् । झुले आफूलाई संवेदनशील अंगमा हात लगेको र चुम्बन गरेको युवतीले आरोप लगाएकी थिइन् ।
सियान्जीले झुविरुद्ध मुद्दा दायर गरेपछि चीनमा ‘मी टु मुभमेन्ट’ चर्किएको थियो । मुद्दा दायरसँगै देशभर महिला अधिकारबारे थप बहस बढेको थियो । सो मुद्दापछि अन्य महिलाले पनि आफूहरूविरुद्ध विभिन्न प्रकृतिका यौन दुर्व्यवहार भएको भन्दै उजुरी गरेका थिए ।
यौन दुर्व्यवहारविरुद्ध महिलाले दायर गरेका घटना चीनमा विरलै सुनुवाइ हुन्छ । हालै संसदले यौन दुर्व्यवहारसम्बन्धी एउटा कानुन पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० भदौ २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै