काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ ।
एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।
विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २. अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, ९. विशेष कमिटीका पदाधिकारी र सदस्य, १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत