गण्डकीमा १५७ कोरोना सङ्क्रमण मुक्त

रासस

सोमबार, २८ भदौ २०७८, २१ : ३३
गण्डकीमा १५७ कोरोना सङ्क्रमण मुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार थपिनेमा कास्कीमा १००, नवरपरासी वर्दघाटसुस्ता पूर्वका २७, स्याङ्जाका २४, तनहुँका नौ, गोरखाका छ, वाग्लुङका दुई जना छन् ।

प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार ६६० जना रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म तीन लाख २२ हजार ३९३ जनाको कोरोना परीक्षण गरिएकामा ८३ हजार ६७२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जसमध्ये ८० हजार ५९८ जना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४२ छ भने हालसम्म एक हजार ३३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस