सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १२ : २८
सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।

‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस