हात्तीको बाटोमा विमानस्थल

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ बैशाख २०७५, ०९ : ०१
हात्तीको बाटोमा विमानस्थल

काठमाडौँ । बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूला वन्यजन्तु ओहोरदोहोर  गर्ने मुख्य करिडोर विनाश गर्न खोजिएको प्रति पर्सा राष्ट्रिय निकुञ्जले आपत्ति जनाएको छ ।

वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल विनाश गरेर संरचना खडा गर्न खोजिएपछि निकुञ्जले आपत्ति जनाएको हो ।

पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको १० किलोमिटर क्षेत्रमा दक्षिणतिरका सबै रूख काटेर विमानस्थल बनाउन खोजिएकामा निकुञ्जको मुख्य आपत्ति छ । ‘त्यसो गर्दा वर्षौंदेखिको वन्यजन्तुको बाटो अवरुद्ध हुन्छ,’ नेपालका हात्तीमा विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक रामले भने, ‘सर्लाही, सिन्धुली, उदयपुरबाट पर्सा, बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि हात्तीले आतंक मच्चाउन सक्छ ।’ पूर्वका हात्ती पश्चिमतिर ओहोरदोहोर गर्ने उक्त जंगल एक मात्र करिडोर हो, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस