नेपालगञ्ज । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताएका छन् ।
आज नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई पनि आफूले परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएको
उल्लेख गरे ।
नेता नेपालले एमसीसी प्रति लक्षित गर्दै देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको समेत बताए । संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन पाँच दलीय गठबन्धन बनेको बताउँदै उनले आगामी निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताए ।
मुलुकमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुई गठबन्धन रहेको बताउँदै उनले दक्षिणपन्थीहरु हराएर जाने दावी गरे । केपी ओलीले विदेशीसँग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप नेता नेपालको थियो ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले एकीकृत समाजवादी गठन गरेको बताउँदै पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताए । कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेशकुमार साही, पूर्वमन्त्री दलबहादुर सुनार, इुवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापालगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ भदौ २०७८, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस