रक्सी र मासुमा नगरपालिकाको २५ लाख स्वाहा !

पत्रपत्रिकाबाट

शनिबार, २६ भदौ २०७८, ०८ : ०८
रक्सी र मासुमा नगरपालिकाको २५ लाख स्वाहा !

जनकपुरधाम । धनुषाको एक नगरपालिकालाले मदिरा र मासुमा २५ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष २०७६र०७७ को एक वर्षमा मदिरामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ मनोमानी खर्च गरेको हो । 

उनले विविध खर्च शीर्षक देखाइ कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेकोमध्येबाट २४ लाख ९९ हजार ३५५ रुपैयाँ मदिरामै खर्चेका हुन् । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याइ हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको विल पेश गरेपनि खर्च गर्नुपर्ने आधार स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ ।

विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने उल्लेख रहेकोमा कुनै नियमको पालना नगरिएको उल्लेख छ ।  

नगरपालिका शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५, होटल फुलवारीलाई १२ लाख ८२ हजार २ सय १५, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ र भुक्तानी गरेको देखिएको छ । नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३८९ रुपैयाँ खर्च गरेको छ ।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने प्रावधान छ। तर सरकारी सवारी सरकारी काममा मात्र प्रयोग गर्नुपर्नेमा अनाधिकृत व्यक्तिले प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ । विदेह नगरपालिकाका नगरप्रमुख बेचन दास र प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत रकम खर्चिएको उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस