काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी घोषणा भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला रहेको झापामा वेदराज रेग्मीको अध्यक्षतामा एकीकृत समाजवादीको ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो ।
एमालेमा विवाद चर्किएका बेला गठन भएको समानान्तर कमिटीलाई नै जिल्ला कमिटीमा रुपान्तरण गरिएकाे हाे ।
एकीकृत समाजवादीले जिल्ला भेला आयोजना गर्ने, पार्टीको काम सञ्चालनका लागि सचिवालय गठन र जिल्लाको १५ वटै स्थानीय तहमा १० दिनभित्र पार्टी तथा भातृसंगठनहरूको कमिटी गठन गर्ने जिल्ला अध्यक्ष रेग्मीले बताए ।
झापाको बिर्तामोडमा पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्वर प्रदेश अध्यक्ष घनेन्द्र वस्नेतको आतिथ्यमा बसेको बैठकमा झापाका पाँच वटै निर्वाचन क्षेत्रमा १५ दिनभित्रमा क्षेत्रिय कमिटी गठन गर्ने र पार्टीको विभागलाई पूर्णता दिने निर्णय समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, २१ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय