काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् रहेको छ । पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।
वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो । संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ । १८ भदौबाट कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप