फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ बैशाख २०७५, ०८ : २५
फेसबुक प्रेमीद्धारा बन्धक बनाई बलात्कार !

सांकेतिक तस्बिर

दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभपछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीय तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् ।  फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा  तिवारीसँग प्रत्यक्ष भेट भयो ।

फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यही राति उनीहरु भागेर सुर्खेत आईपुगे । १० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि उनीहरु भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए ।

गुजरात पुग्दासम्म तिवारीसँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन । जब युवती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । आजको नागरिक दैनिकमा यो खबर छ । गुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो ।

'होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो', युवतीले भनिन्, 'चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।' युवतीका अनुसार दैनिक तीनदेखि छ जनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्नथ्यो । युवतीको चित्कार आउनेहरुले सुन्दैनथे ।

प्रतिक्रिया दिनुहोस