जेनेभा । विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ ।
आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन आइएएसपीले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो । प्राध्यापक इरविन रिंगेल र डा नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।
विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ भदौ २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकैदिन चार युवतीले गरे आत्महत्या
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या
भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या
केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या