काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ ।गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए । अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।
दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।
त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
राष्ट्रिय सभा बैठक सर्यो
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी