मेस्सीले तोडे पेलेको अर्को कीर्तिमान

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १३ : ०५
मेस्सीले तोडे पेलेको अर्को कीर्तिमान

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् ।

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-0 ले पराजित गर्दा ह्याट्रिक गरेपछि मेसीले पेलेको कीर्तिमान तोडेका हुन् ।

मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् भने पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १११ गोल गरेका छन् ।मेस्सीले यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान पनि तोडेका थिए । उनले बार्सिलोनाको लागि ६ सय ७२ गोल गरेका थिए । पेलेले सान्तोसका लागि ६४३ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस