भारत आइपुगे मेस्सी

एजेन्सी

शनिबार, २७ मंसिर २०८२, ०९ : १६
भारत आइपुगे मेस्सी

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन्। उनको साथमा लुइस सुआरेज र रोड्रिगो डे पल पनि छन्।

मेस्सी जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत कोलकाता आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मेस्सी हेर्न हजारौँ फ्यान कोलकाता विमानस्थलमा भेला भएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार, मेस्सीलाई स्वागत गर्न हजारौँ मानिस मध्यरात पछिसम्म पर्खिरहेका थिए।ल उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण भयो।

मेस्सीले जीओएटी इन्डिया टुर २०२५ अन्तर्गत भारतमा तीन दिन बिताउनेछन् । यस क्रममा उनलेे भारतका चार सहर भ्रमण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस