काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा रहदा पनि कम्ती विवादित बनेनन् । संविधानमै नभएका प्रावधानहरु आफुखसी प्रयोग गर्दा दुई तिहाई बहुमतको नजिक रहेको प्रधानमन्त्रीको पदबाट हटनुपर्यो । समकालिन सहकर्मीहरुलाई आफुखुसी पेल्न खोज्दा अहिले पार्टी नै विभाजित भएको छ । अहिले फेरी पार्टी विभाजनको मुद्धा सर्वोच्चमा विचाराधिन रहेकै अवस्थामा संसदमा उनकै नेतृत्वमा रडाको मच्चाउन थालिएको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा उनीहरुले देखाएको व्यवहार र कार्यशैली हेर्दा, लाग्छ, अझै पनि उनीहरुलाई संसदीय मूल्य र मान्यताको किञ्चित चासो छैन । जसरी भएपनि अवरोध गर्ने, जसरी भएपनि विवाद बढाउने काममा उनी सक्रिय छन् । समान्यता, जनप्रतिनिधिमूलक संस्थाको प्रमुख रहने सभामुख विरुद्ध अमर्यादित कुनै पनि शब्द बोलिदैन ।
तर, ओलीका खास भनेर चिनिएका खगराज अधिकारीले सभामुख मुर्दावाद समेत भन्न भ्याए । जसले दुई दुई पटक संसद विघटन ग¥यो, उसलाई कसरी सदनको माया हुनसक्छ र ? रामकुमारी झाँक्रीको शब्दमा त संसदका हत्याराहरुले संसदीय मर्यादा सिकाएको नै मिल्दैन ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा उनीहरुले देखाएको व्यवहार र कार्यशैली हेर्दा, लाग्छ, अझै पनि उनीहरुलाई संसदीय मूल्य र मान्यताको किञ्चित चासो छैन । जसरी भएपनि अवरोध गर्ने, जसरी भएपनि विवाद बढाउने काममा उनी सक्रिय छन् । समान्यता, जनप्रतिनिधिमूलक संस्थाको प्रमुख रहने सभामुख विरुद्ध अमर्यादित कुनै पनि शब्द बोलिदैन ।
उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएको दुई महिना पुगेपनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । गत असार २९ गते शपथ लिएका देउवाले चार मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएर १७ मन्त्रालयको भारी एक्लै बोकिरहेका छन् । अनि मन्त्रिपरिषद् विस्तार गर्ने भाका पनि फेरिएको फेरियै छ ।
सरकार विस्तार नहुँदा भन्नेहरुलाई मसला मिलेको छ । जुन जोगी आएपनि कानै चिरेका भन्ने शैलीमा ओली समूह विरोधको मसला पाएकामा मख्ख परिरहेको छ । सोही कारण पनि तत्काल सरकार विस्तारको प्रक्रिया शुरु गर्नु सरकारको अर्को महत्वपूर्ण दायित्व बन्न पुगेको छ ।
स्रोतहरुका अनुसार यही भदौ महिनाभरमा नयाँ मन्त्री थप्ने तयारी छ । भदौ महिनाभित्र सर्वोच्च अदालतमा रहेको मुद्दा र राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश किनारा लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । कुनै व्यवधान नआएको खण्डमा यसै महिनाभित्रमा सरकार विस्तार गर्ने र देश तथा जनताको समस्या समाधानका लागि पहल गर्ने तयारी गरिएको छ ।
यहीबीचमा एमसिसिको लफडा पनि शुरु भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता भएको नयाँ पार्टी, नेकपा (एकीकृत समाजवादी) को २० प्रतिशत सांसद र केन्द्रीय सदस्य नपुग्ने भन्दै सर्वोच्च अदालतमा ओलीले मुद्दा हालेर किचलो निकालेका छन् । सो मुद्दा किनारा लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने वर्तमान सत्ता गठबन्धनको तयारी गरेको बुझिएको छ ।
ओलीले एमालेले कारबाही गरेकाहरुलाई समेत जोडेर पार्टी दर्ता गरिएकाले एकीकृत समाजवादीको २० प्रतिशत सांसद र केन्द्रीय सदस्य नपुग्ने भन्दै मुद्दा हालेर निहुँ खोज्ने काम गरेका छन् । सबै अवरोध पन्छाएर सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ । संघीय संसदको बैठक समेत बोलाइएको अवस्था छ ।
बजेटको संशोधन पनि गर्नुपर्नेछ । केही अध्यादेशलाई पनि प्रक्रियामा लैजानुपर्नेछ । यस्तै, अन्य केही विधेयेकलाई पनि किनारा लगाउनुपर्ने अवस्था छ । यो सन्दर्भमा सबै कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि पनि मन्त्रिपरिषद्को विस्तार जरुरी रहेको जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
संसदको अर्थ समितिको बैठक स्थगित
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै