काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिकै सभापतिले राजीनामा दिएका छन् । निर्धारित मितिमा महाधिवेशन गराउनु पर्ने दायित्व बोकेको निर्वाचन समितिकै संयोजकले राजीनामा दिएपछि काँग्रेसको जारी महाधिवेशन प्रक्रिया प्रभावित बन्ने देखिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समयमा काम गर्न नदिएको र अझै २१ जिल्लाको क्रियाशिल सदस्यता पार्टी सभापतिले निर्वाचन समितिलाई नबुझाएको जस्ता कारण देखाउँदै जिम्मेवारीबाट राजीनामा दिएका हुन ।
उनले कांग्रेसको केन्द्रीय कार्यालयमा राजीनामा पत्र पठाउँदै यस्तो अवस्थामा आफुले जिम्मेवारी वहन गरेर काम गर्न अप्ठ्यारो भएको भन्दै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । मैले राजीनामा केन्द्रीय कार्यालयमा बुझाइसकेको छु,’ संयोजक यादवले भने, यसरी कसरी काम गर्न सकिन्छ, न तोकिएको कार्यतालिका अनुसार काम गर्न पाइएको छ, न क्रियाशिल सदस्यताको सूचिनै सबै जिल्लाको पाइएको छ ।
कांग्रेसले भदौ १८ मा देशका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भनेको थियो। तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ। बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरू भएको छैन्।
ती जिल्लाका क्रियाशील सदस्यको नाम सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई नबुझाएको निर्वाचन समितिले बताएको छ । अनावश्यक विवाद मात्र लम्वाउने र विवाद समाधानका पार्टी नेतृत्वले काम नगर्ने गरेपछि निर्वाच्न समितिका संयोजकले राजीनामा बुझाएका हुन् । तर उनको राजीनामा स्वीकृत भइसकेको छैन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ भदौ २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन कांग्रेस सहमहामन्त्री परियारको माग
शेरवहादुर देउवालाई कांग्रेस नेताहरुले अझैसम्म किन भेटे्नन् ?
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो