गण्डकीमा १७० कोरोना सङ्क्रमणमुक्त

रासस

विहीबार, २४ भदौ २०७८, २१ : १६
गण्डकीमा १७० कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाग्लुङ जिल्लाकोे बाग्लुङ नगरपालिका–४ की ४४ वर्षीया महिला, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ की ६६ वर्षीया महिला र पर्वतको पैयुँ गाउँपालिका–२ का ७७ वर्षीय पुरुष छन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३२३ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार र होम आइसोलेसनमा एक हजार ८८२ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस