काठमाडौँ । एमालेका उपाध्यक्ष भीम रावलले नेपालले लिनै नचाहेको अनुदान अमेरिकाले लिनका लागि घरघरमा पुगेर दवाव दिएको टिप्पणी गरेका छन् । बिहीवार साँझ एक ट्वीट गर्दै उपाध्यक्ष रावलले नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घरघर पुगेर दवाव दिनु दुखद् भएको बताए ।
उनले भनेका छन्, नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर९घर पुगेर दवाव दिने,कस्तो विडम्बना !
उनले संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुन लाग्दा त्यस्तै हुने समेत भनेका छन् । उनले थपेका छन्, हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सद्बुद्धि देउ !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै