कस्तो रहला आजको मौसम ?

पत्रपत्रिकाबाट

बुधबार, २३ भदौ २०७८, ०८ : ४८
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर मौसम सामान्य बदली रही धेरै स्थानहरूमा  वर्षाको सम्भावना रहेको जनाएको छ।

भारतको मध्यप्रदेश र विधार्वा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।

महाशाखाका दिउँसो अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभर मौसममा सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस