गण्डकीमा ३०४ जना सङ्क्रमणमुक्त

रासस

मंगलबार, २२ भदौ २०७८, २१ : ३६
गण्डकीमा ३०४ जना सङ्क्रमणमुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४८ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लमजुङको मध्यनेपाल नगरपालिका–१० का ३५ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

निजमा गत भदौ १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शर्माका अनुसार योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१६ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १५२ छ भने होम आइसोलेसनमा एक हजार ९८१ जना छन् । 

प्रतिक्रिया दिनुहोस