काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लिमिटेडका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार भवन निर्माणका क्रममा लोकवीर बेताली÷पाँचकुमारी जेभीका लगानीकर्ता अनिल गुप्ता र शिवनन्दन पासवानसँगको मिलेमतोमा रु ४२ लाख बराबरको नक्कली एड्भान्स पेमेन्ट ग्यारेन्टी तयार पार्ने काममा नेपाल बैंक मङ्लगवा शाखा सर्लाहीको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम शाहको संलग्नता देखिएको पाइएको छ ।
आयोगले रकम हिनामिना हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले सो कार्य भ्रष्टाचारजन्य कसुर रहेको ठहरसहित बिगोबमोजिमको सजाय कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै गलत तरिकाले ग्यारेन्टी पेपर तयार गर्न लगाउने निर्माण व्यवसायीद्वय गुप्ता र पासवानविरुद्ध पनि बिगोअनुसारको सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ भदौ २०७८, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन