काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी ६ संघीय सांसदसहित २ सय २३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि सोमबार सकिएको छ।
निर्वाचन आयोगले प्रदान गरेको यस अवधिमा सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी २ सय २३ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन। एमाले विभाजनपछि प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई दल रोज्न एक साता दिइएको थियो। संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन्।
सुदूरपश्चिममा एमाले छोडेर एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा बढी कैलालीमा ६५ जना जनप्रतिनिधि छन्। यस्तै सबैभन्दा कम दार्चुला र डडेलधुरामा २÷२ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी