काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो।
सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्। गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो। त्यसलगत्तै सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ भदौ २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सांसद राणाले भने-‘बैंक र उद्योगी छुट्याउनुपर्छ तर तत्काल होइन’
कांग्रेस केन्द्रीय समिति बैठक जारी
संसदीय समितिको सर्वसम्मत निर्णयमाथि जालझेल: दिलेन्द्रप्रसाद बडू
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा