एमसिसिलाई संकेत गर्दै महराले भने -अहिले मुलुकमा अर्को जटिल परिस्थिती आयो

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १२ : ०४
एमसिसिलाई संकेत गर्दै महराले भने -अहिले मुलुकमा अर्को जटिल परिस्थिती आयो

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने बताएका छन्। सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले यही अधिवेशनाबट नयाँ बजेट ल्याउने तयारी भएको जानकारी दिए ।

‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ,’ महराले भने, ‘नयाँ बजेटको तयारी हुँदैछ। नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाव दिनुहोस्। भौतिक सुधार, जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने कुरामा म तयार छु।’

उनले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रभावकारी रुपमा काम नभएको बताए । एमसिसिलाई लक्षित गर्दै महराले भने ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ। अहिले पाँच दलको गठबन्धनबाट सरकार बनेको छ, ‘तर, मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम गर्न सकिएको छैन। २३ गतेपछि अगाडी बढ्ला’

महराले स्वास्थ्य क्षेत्रमा राज्यले पुरै दायित्व बहन गर्ने सक्ने अवस्था नरहेको भन्दै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै दोषिलाई कडा कारबाहि गर्न माग गरे । 

स्वास्थ्यकर्मिको मनोबल बढाउनु पर्नेमा कालोमोसो दलेर अराजकता देखाइएको भन्दै कानुनि दायरामा ल्याइ त्यस्ता गलत प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया दिनुहोस