काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सेयरका ठूला खेलाडीहरुले जुलुसको तयारी गरेका छन् । उनीहरुले गर्भनर अधिकारीको बर्खास्तीको माग गर्दै केही छिनपछि शंकरदेव क्याम्पसदेखि नेपाल राष्ट्र बैंक,बालुवाटारसम्म बिरोध र्याली निकाल्न लागेका हुन् ।
बालुवाटार पुगेपछि ठूला सेयर लगानीकर्ताले धर्ना दिने बताएका छन् । तर,भाटभटेनी मन्दिरदेखि उत्तरमा स्थानीय प्रशासनले धर्ना, जुलुसको लागि निषेधित क्षेत्र तोकेकाले सम्भवतः उनीहरु भाटभटेनी मन्दिरमै धर्नामा बस्ने छन् ।
बैंकले जारी गरेको आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिका कारण आफ्नो कमाईमा धक्का लागेको भन्दै उनीहरुले अधिकारीको राजीनामा मागेका हुन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि जारी रहने छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुध्द उनीहरुले अघिल्लो महिनादेखि धर्ना र अनसन गर्दै आएका छन् ।
आजै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस इकाइ कमिटीले १३ औं इकाइ सम्मेलन गरेको छ । पब्लिक युथ क्याम्पस, धोबिचौरमा बिहान १० बजेदेखि सम्मेलन शुरु भएको छ । नेपाल वायुसेवा निगममा आज पनि कर्मचारी युनियनहरुले धर्ना कार्यक्रम राखेका छन् । बिहान साढे १० बजेदेखि भएको कार्यक्रम दिउँसो साढे १२ बजेसम्म हुनेछ ।
उता राष्ट्रिय युवा संघ नेपालले भक्तपुरमा भेला बोलाएको छ । भेला नेकपा एमाले जिल्ला पार्टी कार्यालय,सूर्यविनायकमा साढे १० बजेदेखि भइरहेको छ सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायातको भाडादर समायोजन लगायत ११ बुँदे माग राखेर यातायात कार्यालय, एकान्तकुनामा बिहान ११ बजेदेखि धर्ना थालेका छन् ।
संसदको विधायन व्यवस्थापन समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बोलाइएको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २, सिन्धुपाल्चोकले नेता प्रकाशमान सिंह र गगन थापाको उपस्थितिमा १४ औं महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । अहिले साढे ११ बजेदेखि पिस ब्याङ्क्वेट, जोरपाटीमा हुन लागेको हो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय संगठन विभागले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बृहत् युवा भेला तथा प्रवेश कार्यक्रम राखेको छ । दिउँसो १२ बजे उक्त कार्यक्रम राष्ट्रिय सभागृह,प्रदर्शनी मार्गमा हुनेछ ।
त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक समितिको सभाकक्ष,सिंहदरबारमा दिउँसो साढे १२ बजे हुने जनाइएको छ ।नेपाल ल क्याम्पसको डिनको कार्यालय र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजकको कार्यकक्ष र प्रशासन शाखामा लगाइएको तालाबन्दी आज पनि जारी राखिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै