राष्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा माग गर्दै जुलुस निकाल्ने शेयर लगानिकर्ताको तयारी

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, ११ : ५९
राष्ट्र बैंकका गभर्नर अधिकारीको राजीनामा माग गर्दै जुलुस निकाल्ने शेयर लगानिकर्ताको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सेयरका ठूला खेलाडीहरुले जुलुसको तयारी गरेका छन् । उनीहरुले गर्भनर अधिकारीको बर्खास्तीको माग गर्दै केही छिनपछि शंकरदेव क्याम्पसदेखि नेपाल राष्ट्र बैंक,बालुवाटारसम्म बिरोध र्याली निकाल्न लागेका हुन् ।

बालुवाटार पुगेपछि ठूला सेयर लगानीकर्ताले धर्ना दिने बताएका छन् । तर,भाटभटेनी मन्दिरदेखि उत्तरमा स्थानीय प्रशासनले धर्ना, जुलुसको लागि निषेधित क्षेत्र तोकेकाले सम्भवतः उनीहरु भाटभटेनी मन्दिरमै धर्नामा बस्ने छन् ।

बैंकले जारी गरेको आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिका कारण आफ्नो कमाईमा धक्का लागेको भन्दै उनीहरुले अधिकारीको राजीनामा मागेका हुन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि जारी रहने छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुध्द उनीहरुले अघिल्लो महिनादेखि धर्ना र अनसन गर्दै आएका छन् ।

आजै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस इकाइ कमिटीले १३ औं इकाइ सम्मेलन गरेको छ । पब्लिक युथ क्याम्पस, धोबिचौरमा बिहान १० बजेदेखि सम्मेलन शुरु भएको छ । नेपाल वायुसेवा निगममा आज पनि कर्मचारी युनियनहरुले धर्ना कार्यक्रम राखेका छन् । बिहान साढे १० बजेदेखि भएको कार्यक्रम दिउँसो साढे १२ बजेसम्म हुनेछ ।

उता राष्ट्रिय युवा संघ नेपालले भक्तपुरमा भेला बोलाएको छ । भेला नेकपा एमाले जिल्ला पार्टी कार्यालय,सूर्यविनायकमा साढे १० बजेदेखि भइरहेको छ  सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायातको भाडादर समायोजन लगायत ११ बुँदे माग राखेर यातायात कार्यालय, एकान्तकुनामा बिहान ११ बजेदेखि धर्ना थालेका छन् ।

संसदको विधायन व्यवस्थापन समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बोलाइएको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २, सिन्धुपाल्चोकले नेता प्रकाशमान सिंह र गगन थापाको उपस्थितिमा १४ औं महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । अहिले साढे ११ बजेदेखि पिस ब्याङ्क्वेट, जोरपाटीमा हुन लागेको हो ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय संगठन विभागले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बृहत् युवा भेला तथा प्रवेश कार्यक्रम राखेको छ । दिउँसो १२ बजे उक्त कार्यक्रम राष्ट्रिय सभागृह,प्रदर्शनी मार्गमा हुनेछ ।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक समितिको सभाकक्ष,सिंहदरबारमा दिउँसो साढे १२ बजे हुने जनाइएको छ ।नेपाल ल क्याम्पसको डिनको कार्यालय र त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह सामाजिक कार्य विभागका संयोजकको कार्यकक्ष र प्रशासन शाखामा लगाइएको तालाबन्दी आज पनि जारी राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस