काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने जनाएको छ। हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाले उल्लेख गरेको छ।
अहिले प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईहरेको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना छ।
यस्तै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र प्रदश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ। पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ भदौ २०७८, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह