काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गर्दै शेरबहादुर देउवाको भान्सामा पुगेको बताएका छन् । पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गर्दै शनिवार काठमाडौँमा भएको पार्टीको कार्यक्रममा माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे ।
उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने– ‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’
ओलीले सत्तारुढ गठबन्धनलाई मिलेर आएमात्र चुनावमा जमानत जोगिने बताएका छन् । उनले एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले उनीहरु सबै मिलेर आएमात्रै जमानत जोगिने बताए।
‘एक्लाएक्लै आयौ भने जमानत जफत हुन्छ, त्यसैले म भन्छु एमालेसँग चुनाव लड्न एक्लै आउने आँट नगर्नू,’ ओलीले भने, ‘मिलेर आउनु, जमानत जोगिन्छ ।’ ओलीले एमालेले एक्लै चुनाव लड्न सक्ने र जित्न सक्ने समेत दाबी गरे। ‘यो पार्टीले एक्लै चुनाव लड्न सक्छ, एक्लै चुनाव जित्न सक्छ । गठबन्धन बनाएर झ्यालबाट मच्छर पसेजस्तो बस्ने बाटो पनि आउँदो चुनावबाट बन्द गरिदिन्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक