काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका हुन् ।
उनले पटक पटक चीनसँग कुनै सीमा विवाद नभएको दोहोर्याउँदै भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि आरोप लगाए ।
त्यस्तै, यो सरकारले कुनै रचनात्मक काम नगरेको र सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए । ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला । मूर्ति भत्काउन सक्छन् । यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली