काबुल । अफगानिस्तानमा तालिबानले छिटै अफगान सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । तालिबानले तालिबानका सहसंस्थापक मुल्ला बरादरको नेतृत्वमा सरकार बनाउन सक्ने रोयर्टसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालिबान निकट स्रोतले नयाँ सरकारबारे जानकारी दिएको रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार मुल्ला बरादर, तालिबान राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तनिकजई, तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकूबले अफगान सरकारमा महत्वपूर्ण भूमिका पाउने बताएको छ ।
गत अगस्ट १५ मा तालिबानले काबुलमा कब्जामा लिए पनि हालसम्म नयाँ सरकार बनाएको छैन । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा फर्किएपछि तालिबानले सरकार बनाउने तयारी तिब्र पारेको छ । काबुलस्थित राष्ट्रपति भवनमा भव्य समारोहको तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ भदौ २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने